शिक्षक हुन अब शिक्षाशास्त्र पढ्नु नपर्ने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

शिक्षा शास्त्र अध्यायन नगरे पनि अब शिक्षकमा प्रतिस्पर्धा गर्न पाइने भएको छ ।

शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नपर्ने व्यवस्था आठौं संशोधन शिक्षा ऐनमा ‘शिक्षा शास्त्र नपढेकाले पनि प्रतिस्पर्धा गर्न पाउने’ उल्लेख छ । विज्ञान, गणित, अंग्रेजी, लेखा, सांकेतिक भाषा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातकले ‘माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको उम्मेदवार हुन सक्ने’ संशोधित ऐनमा उल्लेख छ ।

व्यवस्थापन, मानविकी संकाय पढेका पनि अब शिक्षक हुन योग्य हुनेछन् । प्राविधि विषयतर्फ पढेका व्यक्तिको लाइसेन्स नहुने भएकाले त्यस्तालाई शिक्षक पेसातर्फ आर्कषित गर्न लागिएको शिक्षा मन्त्रालयका उपसचिव रामचन्द्र शर्माले बताएको राजधानी दैनिकमा खबर छ ।

प्राविधिक तथा अन्य विषयकालाई शिक्षकमा ल्याउन अस्थायी लाइसेन्स दिइनेछ । ‘शिक्षा शास्त्र पढेका मात्र शिक्षक हुने’ व्यवस्था आठौं शिक्षा ऐनमा संशोधन गर्दै शिक्षकको दायरा फराकिलो बनाउने लागिएको हो ।

विज्ञान, अंग्रेजी, गणितलगायतका विषयमा अझै शिक्षक अभाव छ । विज्ञानमा स्नातक उर्त्तीण लाइसेन्स नभएका कारण प्रतिस्पर्धामा उत्रन सकिरहेका छैनन् । शिक्षा शास्त्र नपढेकाका लागि दिइने ‘अस्थायी अध्यापन अनुमतिपत्र’ को अवधि पाँच वर्षको हुनेछ ।

शिक्षक हुन अनिवार्य शिक्षा शास्त्र पढ्नुपर्ने व्यवस्था हटाउँदा सामुदायिक विद्यालयमा योग्य तथा दक्ष शिक्षक प्रवेश हुने शिक्षाविद् डा. खोमराज खरेलको विश्वास छ ।