यस्तो रहेछ, हङकङकै धनी व्यक्तिकी छोरीको हालत

Avatar photo
Dhading Post
सोमवार, फाल्गुन २८, २०६९

काठमाडौं, कात्तिक २७ थ्री स्टार क्लब सिक्किमको ग्यान्टोकमा ३३ औं गभर्नर्स गोल्डकप जित्न असफल भएको छ। पाल्जोर रंगशालामा आईतबार फाइनलको टाइब्रेकरमा कसैले गोल गर्न नसकेपछि दोस्रो पटक गभर्नर्स गोल्डकप जित्ने थ्री स्टारको सपना पुरा हुन सकेन।

सेमिफाइनलमा दुई गोल गरेका अनिल ओझाको पहिलो पेनाल्टी बाहिरिएपछि तथा सन्दीप राई र विराज महर्जनको पेनाल्टी विपक्षी गोलकिपर मचिन्दर सिंहले रोक्दा थ्री स्टार फाइनलको टाई(ब्रेकरमा भारतको बोर्डर सेक्युरेटी फोर्स ९बिएसएफ० सँग ३(० ले पराजित भयो। विएसफसीका तर्फबाट पहिलो तीन पेनाल्टी गोलमा परिणत भएपछि बाँकी दुई पेनाल्टी हान्नुपरेन। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि सिधै टाइ(ब्रेकरबाट निर्णय लिइएको थियो।
थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईले स्ट्राइकर नभएकै कारण खेल हार्नु परेको बताए। ुपहिलो रोजाईका सन्तोष साहुखल र युवा अनिल गुरुङ दुवै प्रतिबन्धमा पर्नु हाम्रो लागि सबैभन्दा घाटा भयो,ु हुमागाइले टेलिफोनमा नागरिकसँग भने, ुएउटा मात्र स्ट्राइकर भएको भए हामीले जित्ने थियौ। तर दुर्भाग्य, पेनाल्टीमा पुगेर हारियो।ु सन्तोषले भवानीपुरविरुद्धको सेमिफाइनलमा रातो कार्ड तथा अनिलले दोहोरो पेहेलो कार्ड सामना गर्दै फाइनलका लागि प्रतिवन्धित भएका थिए।
अघिल्ला दुई खेलको दाँजोमा टोलीले कमजोर प्रदर्शन गरेको स्वीकार्दै प्रशिक्षक हुमागाईले खेलमा नियन्त्रण राख्नका वावजुद आक्रमण गर्न नसकेको बताए। रणनीति असफल भएको संकेत गर्दै उनले विपक्षीको चाहनाअनुरुप खेल टाइ(ब्रेकरमा पुगेको बताए। ुउनीहरुले पुरै रक्षात्मक खेले। हामीले त्यसलाई चिर्न सकेनौं,ु अघिल्लो महिना थ्री स्टारको प्रशिक्षण सम्हालेका युवा प्रशिक्षक हुमागाईले थपे, ुहामी नियमित समयमै जित्न चाहन्थ्यौ। उनीहरु टाइ(ब्रेकरमा लान चाहन्थे। त्यसमा उनीहरु सफल भए। सोचे अनुरुपको प्रदर्शन नभएपछि रणनीति असफल भएको मान्नुपर्छ।ु
खेलमा विपक्षीका भन्दा बढी अवसर पाएर पनि थ्री स्टारले त्यसको उपयोग गर्न सकेन। १० औं मिनेटमा विजय गुरुङको हेड प्रहारलाई गोलकिपरले रोकेका थिए भने १५ औं मिनेटमा अनिलको फ्रि(किकमा बल गोलकिपरको हातमा पुगेको थियो। १६ औं मिनेटमा अनिलको क्रसमा विजय धिमालको हेड क्रसबारको केही माथिबाट बाहिरीयो। मध्यान्तर हुन २ मिनेट बाँकी रहँदा अनिलको प्रहार खेर गएको थियो। अनिलले ७२ औं मिनेटमा गरेको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए।
८० औं मिनेटमा रवि थापाको क्रसमा योगेश गुरुङको हेड गोलकिपरले मुस्किलले पन्च गरेका थिए त्यहि रिवाउन्डमा विराजले प्रहार गर्दा बल क्रसबारको माथिबाट बाहिरीएको थियो।
सन् २००८ को विजेता थ्री स्टारले यसपटक क्वार्टरफाइनलमा स्थानीय युनाइटेड सिक्कमलाई २(१ ले हराउँदा दुवै गोल सन्तोषले गरेका थिए। अनिल ओझाको २ गोलमा थ्री स्टारले सेमिफाइनलमा भवानीपुरलाई २(१ ले हराउँदै तेस्रो पटक गभर्नर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो।
प्रशिक्षक हुमागाईले समग्रमा प्रतियोगिताबाट सन्तोष लिने ठाँउ भएपनि फाइनल जित्न नसक्दा खल्लो लागेको बताए। ुमैले भर्खर ए डिभिजन क्लबको प्रशिक्षण सम्हालेको थिए। पहिलो प्रतियोगितामै फाइनल पुग्दा उत्साहित पनि थिए,ु उनले भने, ुजित्न सकेको भए क्लब र व्यक्तिगत रुपमा मेरो लागि पनि राम्रो हुने थियो। तर अन्तिममा चुक्दा दुःख लाग्नु स्वभाविक हो।ु
अर्को महिनाकै सुरुआतमा हुने लिगका लागि गभर्नर्स गोल्डकप तयारी प्रतियोगितामा रुपमा महत्वपूर्ण भएको हुमागाईको तर्क छ। ुलिग अघि हामीले प्रतियोगिता खेलेर परिक्षण गर्ने मौका पायौं। तिहार लगत्तै लिगको तयारी सुरु गर्नेछौं,ु उनले थपे, ुकेही विदेशी खेलाडी आउेछन्। लिगमा हामी बलियो दाबेदारी प्रस्तुत गर्नेछौं