नेविसंघको मतादाता संख्या ३७६०

Avatar photo
Dhadingpost
साउन ३०, २०७३

धादिङ साउन ३०
nbs

नेपाल विद्यार्थी संघको महाधिवेशन प्रनितिधि सूची सार्वजनिक भएको छ। विवादबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिवार राति प्रतिनिधिको टुंगो लगाएको हो। नागरिक दैनिकमा समाचार छ।

महाधिवेशन प्रतिनिधि ३ हजार ४ सय मात्र रहने गरी गत मंगलबार सहमति जनाएपनि पार्टीको आधिकारिक साइटमार्फत सर्वाजनिक सूचीमा भने ४ सय भन्दा बढीको नाम छ।

नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत खरेलको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रतिनिधि सूचीमा ३ हजार ७ सय ६० प्रतिनिधिको नाम छ।

सूचीमा नेता रामचन्द्र पौडेल पक्षबाट निर्देशक समिति सदस्य रहेका गुरुराज घिमिरेले असहमति जनाएपनि सोही पक्षका गोविन्द भट्टराई र निर्वतमान अध्यक्ष रञ्जित कर्णले हस्ताक्षर गरेका छन्।

अर्का पक्षका नेताको हस्ताक्षरपछि निर्देशक समिति संयोजक महतले निर्वाचन समितिलाई प्रतिनिधि सूची बुझाएका हुन्।

x