
धादिङ, असार १ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्ष पदका आकांक्षीबीच सहमति जुटेपछि निर्वाचनको अवस्था टरेको हो।
अध्यक्ष पदमा हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङले उम्मेदवारी दिएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा बलराम श्रेष्ठ र गणेश लम्साल, उपाध्यक्ष पदमा राम मल्ल ठाकुरी र सुदेश्ना अधिकारी तथा सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतिवडाले उम्मेदवारी दर्ता गराएका थिए । तर अन्ततः विभिन्न चरणको छलफल र सहमतिपछि सर्वसम्मत कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन आयुक्त रामहरि अधिकारीले निवर्तमान अध्यक्ष टंक रुवाली, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा अग्रज सदस्यहरूको पहल र सहजीकरणका कारण मतदानसम्म पुग्ने अवस्था टरेर सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव भएको बताए । उनले निर्वाचन प्रक्रियालाई सहमतिमा टुंग्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
समाजमा हाल ७४४ जना सदस्य आबद्ध रहेको जनाइएको छ। अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङवासीको बसोबास रहेको अनुमान गरिएको छ।
नव निर्वाचित कार्यसमिति
- अध्यक्ष: सागर अधिकारी
- वरिष्ठ उपाध्यक्ष: राज गुरुङ
- उपाध्यक्ष: राम मल्ल ठाकुरी
- महासचिव: हरी गिरी
- सचिव: बलराम श्रेष्ठ
- कोषाध्यक्ष: एलन तामाङ
- सह–कोषाध्यक्ष: रामचन्द्र उप्रेती
बोर्ड सदस्यहरू
अमिर तामाङ, अर्जुन बोगटी, विवेक बज्राचार्य, दिनेश नहर्की, किसान अधिकारी, मरिराम भट्ट, नवीन रिजाल, राजकुमार श्रेष्ठ, रेशम अधिकारी, सन्दिप धरेल, श्रीराम खतिवडा र देवेन्द्र गिरी बोर्ड सदस्यमा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य तथा सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
