
धादिङ । धादिङ नेपाली समाज अमेरिकाको सन् २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा विभिन्न पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूची अनुसार अध्यक्ष पदमा हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा बलराम श्रेष्ठ र गणेश लम्साल उम्मेदवार बनेका छन् ।
उपाध्यक्ष पदमा राम मल्ल ठाकुरी र सुदेश्ना अधिकारीले उम्मेदवारी दिएका छन् भने महासचिव पदमा हरि गिरी एकल उम्मेदवार रहेका छन् । सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कोषाध्यक्ष पदमा एलन तामाङ तथा सह–कोषाध्यक्ष पदमा रामचन्द्र उप्रेतीको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
बोर्ड सदस्य पदका लागि अमिर तामाङ, अर्जुन बोगटी, विवेक बज्राचार्य, दिनेश नहर्की, किसान अधिकारी, मरिराम भट्ट, नवीन रिजाल, राजकुमार श्रेष्ठ, रेशम अधिकारी तथा सन्दिप धरेलले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयुक्त रामहरि अधिकारी तथा सदस्यहरू दिवाकर पाण्डे र कुलप्रसाद गौली रहेको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारविरुद्ध कुनै उजुरी भए जुन १० तारिख बेलुका ५ बजेसम्म (EST) पेश गर्न सकिनेछ ।
निर्वाचन समितिका अनुसार यो प्रारम्भिक उम्मेदवार सूची हो । प्राप्त उजुरी तथा आवश्यक प्रक्रियापछि प्रारम्भिक उम्मेदवारहरूको सूची जुन ११, २०२६ मा राति १० बजेभित्र सार्वजनिक गरिने जनाइएको छ ।
अध्यक्ष टक रुवालीले निर्वाचन समितिले आफ्नो रफ्तारमा काम गरि रहेको छ । पदाधिकारीमा केहि बढी उम्मेदवारी परेको छ । अन्तिम सम्म सहमतीको प्रयास जारी रहने र सकेसम्म भोटिङमा नलगिने बताए ।
अमेरिकामा करिब तीन हजारको हाराहारीमा धादिङवासी बसोबास गर्ने अनुमान गरिए पनि समाजका ७४४ सदस्य यसपटकको निर्वाचनमा मतदान गर्न योग्य रहेका छन् ।
धादिङ नेपाली समाज अमेरिकाको वार्षिक साधारणसभा तथा अधिवेशनको औपचारिक उद्घाटन आगामी जुन १४ मा हुने तय गरिएको छ ।


