कालो धानको चामल धादिङबेसीमा विक्रि सुरु

Avatar photo
Dhadingpost
असार ३०, २०७३

नेपाली बजारमा भर्खरै भित्रिएको बहुगुणकारी कालो धानको चामल धादिङबेसीमा विक्रिवितरण हुन थालेको छ । केहि वर्ष अघि नेपाल भित्रिएको यो कालो चामल धादिङ बेसीमा भने होलस्टिक हेल्थ ईन्टरप्राईजेज धादिङले विक्रि वितरणमा ल्याएको हो ।

दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिबाट सुरक्षित रहन मद्दत गर्छ। गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक सिद्ध भएकोले यो चामलको माग बड्दो रहेको धादिङ होलस्टिक हेल्थ इन्टरप्राईजेज धादिङका प्रोपाईटर सुसिला रिजालले बताउनु भयो ।

उच्च पोषणयुक्त

यो चामल कालो रङको हुन्छ। चामलको कालो रङनै यसको महत्त्वपूर्ण अंग हो। यसलाई एन्थ्रोसाइनिन् पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट गुण भएको तत्त्व भनिन्छ। यो तत्त्व रोगसँग लड्नसक्ने प्रतिरोधक तत्त्व हो। यसलाई अनुवांशीकीकरण नगरिएको, विशुद्ध प्राकृतिक पद्धतिबाट नै विकसित गरिएकोले खानको लागि सुरक्षित छ।

दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिबाट सुरक्षित रहन मद्दत गर्छ। गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक सिद्ध भएको छ।

यो चामलको सेवनबाट चिनियाहरू किड्नी, पेट र कलेजोको रोगबाट बचाउँछ भन्ने विश्वास गर्छन्।
यस्तै यो चामलको उपभोगले क्यान्सर, मधुमेह, अलजाइमर्स आदि रोगसँग लड्न सक्ने प्रतिरोध क्षमताको विकास गर्छ। त्यस्तै गरी मुटुसम्बन्धी रोग, हृदयाघात, उच्च रक्तचाप रोक्न यो धान लाभदायक छ।

कालोधान बारे प्रकाशित कितावको मुल्य नै १४,४४४ युरो

विज्ञानको दुनियाका अति प्रतिष्ठित प्रकाशक स्प्रीङ्गर इन्टरनेसनल पब्लिसिङ्ग स्वीटजरल्याण्डले यो किताब भर्खरै बजारमा ल्याएको छ । यसको दुबै हार्डकोपी र इकोपी किताब बजारमा उपलब्ध छ । पाठकले रुचि देखाएमा गुगलमा गइ Black Rice Research, History and Development टाइप गरी किताब पाउन सक्नेछ वा सोझै www.springer.com मा पनि यो किताब उपलब्ध छ । यो किताब मगाउदा किताबको मुल्य बाहेक बढी अतिरिक्त रकम तिर्नु पर्दैन र सोझै पाठककहा प्रकाशकले पठाइदिन्छ । यो किताबको इकोपी मुल्य १०,७०९ युरो र हार्डकोपी मुल्य १४,४४४ युरो रहेको छ ।

यसले कोलेस्ट्रोल बढ्न दिँदैन

विभिन्न अनुसन्धानबाट पत्ता लागेअनुसार जलनको ३२ प्रतिशत कम गर्छ, यो चामलको उपभोगले।
यो चामलको उपभोगले ब्लड एनिमिया, डिजिजेज, ब्लुरिज भिजन र कपाल नआएर समस्या भए पनि समाधान हुन्छ।
यसले रोग प्रतिरोधक शक्ति उत्पन्न गर्छ। साथै हेपटाइटीस चिरासीसविरुद्ध लड्न यो चामल उपयोगी रहेको छ।
यसमा भएको एन्टिअक्सिडेन्ट तत्व पानीमा धुलनशील भएकोले शरीरको विभिन्न भागमा सजिलै पुग्दछ र चाँडै असर गर्छ भनेर अमेरिकाको पेन्सलभेनियास्थित एक विश्वविद्यालयले गरेको अध्ययनले पनि पुष्टि गरेको छ।

कालो धानका विशेषता उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ ।

किताव भित्रका महत्वपूर्ण अंश

कालो चामल विश्वको अति प्राचिनतम चामल भए पनि यसबारे सर्वसाधारण अनभिज्ञ नै छन् । इतिहासविदका अनुसार कालो चामललाइ मनाही (फोरबिडन) चामल पनि भनिन्छ । किनकि यो चामल मात्र चिनिया राजा, महाराजाहरुले आफनो आयु बढाउन उपभोग गर्ने गर्थै । अरु सर्वसाधारणले यो चामल खादा उसलाई मुत्यदण्ड दिने गरिन्थ्यो । त्यसैले यो चामललाइ राजा चामल वा आयु बढाउने चामल पनि भन्ने गरिन्छ ।

यो चामलमा एण्टीअक्सिडेन्टसको मात्रा ब्लुबेरी भन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुको कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । अनुसन्धानकर्ताले यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ । कालो चामलले पाचन प्रणाली सुधार्ने लगायत धेरै रोगहरmको उपचारमा सहयोग गर्छ । खाध विज्ञका अनुसार कालो चामल आधुनिक सपरफुड हो ।

कालो धानको खेती अरु धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरु उपलब्ध भए पनि चिनिया कालो चामल बढी प्रचलित छ । यो चामलको बाहीरी भाग खाध पदार्थमा प्राकृतिक रंगाउने वस्तुको रुपमा धेरै नै उपयोग हदै आएको छ । अहिलेको आधुनिक युगमा कालो चामलको नियमित उपयोग गर्दै दैनिक शारीरिक एक्सरसाइज गर्दा व्यक्ति स्वस्थ भइ जिउन सक्छ ।

मकै, गहुँ कोदो, फापर आदिको तुलनामा चामलको प्रयोग ज्यादा देखिन्छ। नेपालको खाद्य बजारमा ९८ प्रतिशतभन्दा बढी पालिस गरिएको सेतो चामल पाइन्छ। यो पकाउन त सजिलो हुन्छ तर त्यसमा पौष्टिक तत्त्व फाइवर आदि नष्ट भइसकेको हुन्छ। दुई प्रतिशतमात्र अन्य प्रकार का चामलहरू बजारमा पाइन्छ।

छिटफुट रूपमा ब्राउन, राइस ग्रे, राइस ग्रे ग्रिन र रेड राइसहरू बजारमा उपलब्ध छन्। यो जी ६० कालो धान भर्खरै मात्र नेपालको बजारमा प्रवेश गर्न लागेको छ। यसलाई स्टिकी राइस, सुपर फुड, फोरविडन राइस, पर्पल राइस आदि नामले परिचित छ। अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक छ।

बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ। बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ। स्थानीय तवरले खेती गर्दा अन्य धान सरहनै फल्छ। एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर फल्छ ।