प्याब्सन धादिङद्वारा दुई दिने गणित शिक्षक तालिम सुरु

Avatar photo
Dhadingpost
जेष्ठ १, २०८३

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङको आयोजनामा गजुरीमा गणित विषयका शिक्षकहरूका लागि दुई दिने तालिम सुरु भएको छ ।

विद्यालय तहमा गणित शिक्षणलाई अझ प्रभावकारी, व्यवहारिक तथा विद्यार्थीमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा चर्चित गणित प्रशिक्षक डीआर सिंखडाले सहजीकरण गरिरहेका छन् ।

प्याब्सन धादिङका सचिव भीम श्रेष्ठका अनुसार तालिमको पहिलो दिन प्याब्सन धादिङमा आबद्ध २९ विद्यालयका कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने ३८ जना शिक्षकहरूको सहभागिता रहेको छ ।

त्यसैगरी, तालिमको दोस्रो दिन कक्षा ४ देखि ७ सम्म अध्यापन गर्ने ४८ जना शिक्षकहरूको सहभागिता रहने जनाएको छ ।

तालिममार्फत शिक्षकहरूलाई गणित विषयलाई सरल, रुचिकर र प्रयोगात्मक ढंगले अध्यापन गर्ने नयाँ विधि तथा सीपबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।