
धादिङ । धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुढाथोकी जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए । फरार रहेकै अवस्थामा उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका बुढाथोकीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने तयारी गरिएको छ ।
