
धादिङ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले किराञ्चोक माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सवको विशेष समारोह उद्घाटन गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि दाहालले वर्तमान राजनीतिक संकट समाधानका लागि निर्वाचन सफल बनाउनु पर्ने आवश्यकता औँल्याए। निर्वाचन प्रक्रिया धेरै अघि बढिसकेको उल्लेख गर्दै उनले सबै राजनीतिक दलहरू एक मत भएर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न अग्रसर हुनुपर्ने बताए।
विद्यालयले चौतारो, गोठ र छाप्रोबाट सुरु गरेको संघर्षपूर्ण यात्राबाट ५० वर्ष पूरा गरेको अवसरमा तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती मनाइने जानकारी दिएको छ।
