गङ्गाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डली माविले जित्यो

Avatar photo
Dhadingpost
पुस २८, २०८२

धादिङ ।
धादिङको गङ्गाजमुना गाउँपालिकामा सम्पन्न पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मण्डली माध्यमिक विद्यालयले जितेको छ। मण्डली माविले कुल १५ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।

प्रतियोगितामा बद्री विशाल माध्यमिक विद्यालयले ७ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने महाकाली माध्यमिक विद्यालयले ३ स्वर्ण पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ।

१२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पासाङचोक मावि, कल्याण मावि र हिलेपोखरी आधारभूत विद्यालय भने पदकविहीन बने।

यसअघि २०७९ सालमा सम्पन्न प्रतियोगितामा पनि मण्डली माविले प्रथम र बद्री विशाल माविले द्वितीय स्थान हासिल गरेका थिए। यसपटक पनि सोही विद्यालयहरूले आफ्नो वर्चस्व कायम राख्दै खेलकुद क्षेत्रमा निरन्तर उत्कृष्टता प्रदर्शन गरेका छन्।