मण्डली माविले १४ स्वर्ण सहित जित्यो गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड

Avatar photo
Dhadingpost
बुधबार, माघ १८, २०७९

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड १४ स्वर्ण पदक ल्याउँदै मण्डली माध्यामिक विद्यालयले जितेको छ । ५ स्वर्ण र ८ रजत सहित बद्री बिशाल माध्यामिक विद्यालय दोस्रो र ५ स्वर्ण सहित ६ रजत पदक जित्दै रि गाउँ मावि तृतिय बनेको छ ।

गंगाजुना गाउँपालिकाका सूचना अधिकारी हेमन्त ढकालका अनुसार राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, हामी सबैका लागि खेलकुद भन्ने नाराका साथ मण्डली माध्यामिक विदालयको प्राङ्गण फुलखर्कमा तीन दिन सम्म चलेको यस प्रतियोगिता आज औपचारिक रुपमा समापन गरिएको छ ।

०७५, ०७६ मा रनिङ शिल्ड राखेको मण्डली माविले ०७७ र ७८ मा कोरोनाको कारण देखाउँदै गाउँपालिकाले प्रतियोगिता गरेको थिएन भने यो वर्षको जित सँगै रनिङ शिल्ड मण्डली माविले आफ्नो बनाएको छ । तस्वीर ८०० र १५०० मिटर दुबै दौडमा स्वर्ण जितेका बद्री बिशालका सन्दिप थापा मेडल ग्रहण गर्दै