
धादिङ । ज्यमरुङ युवा क्लब, नीलकण्ठ नगरपालिका–११, धादिङको आयोजनामा माघे संक्रान्तिको अवसर पारेर ७ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
ज्यामरुङ पाङ्ग्रे डी.मा पुस २८ गतेदेखि सुरु हुने प्रतियोगिता २०८२ सालको माघे संक्रान्तिलाई लक्षित गरी आयोजना गर्न लागिएको हो । प्रतियोगितामा इच्छुक समूह, क्लब तथा विद्यालयस्तरका टिमहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
- प्रथम पुरस्कार: रु. २५,५५५ (ट्रफी, मेडल तथा प्रमाणपत्र सहित)
- द्वितीय पुरस्कार: रु. १२,२२२ (ट्रफी, मेडल तथा प्रमाणपत्र सहित)
- तृतीय पुरस्कार: रु. ३,५५५ (मेडल तथा प्रमाणपत्र)
- सान्त्वना पुरस्कार: रु. ३,५५५
यसका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
टिम दर्ता गर्ने अन्तिम मिति २०८२ पौष २७ गते बेलुका ५ बजेसम्म रहेको छ ।
