सिद्धलेकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
पुस २०, २०८२

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन गरेको छ । सिद्धलेक गाउँपालिका–१, नलाङ बैरेनीमा स्थापना गरिएको कार्यालय स्थानीय ८६ वर्षीय वयोवृद्ध तोयानाथ बलराम अर्यालको हातबाट रिबन काटेर उद्घाटन गरिएको हो ।

पालिका सभापति मो. रकिम अन्सारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ जिल्ला सभापति सुर्यमणि पाठक, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति तथा प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवार श्रवण त्रिपाठी, जिल्ला सहसचिव राम भण्डारी, क्षेत्रीय सदस्य चन्द्रमान तामाङ, गल्छी गाउँपालिकाका सभापति कुमार रिमाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले देशमा परिवर्तन, सुशासन र जवाफदेही राजनीतिको आवश्यकता औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टी बन्दै गएको बताएका थिए । कार्यक्रममा घण्टीप्रेमी सिद्धलेकबासीहरूको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो ।

उक्त अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका ३२ जना नवप्रवेशीलाई पार्टीको ब्याज लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो ।