
धादिङ । खनियाबास गाउँपालिका–५, धादिङमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सत्यदेवी आदिवासी युवा क्लबको आयोजनामा हुन लागेको हो।
पौष २५ देखि माघ १ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रम आदिवासी खेल मैदानमा आयोजना गरिने क्लबले जनाएको छ। सांस्कृतिक कार्यक्रममा माघ १ गते हुने छ ।
भलिबल प्रतियोगितामा सहभागी टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार
- प्रथम पुरस्कार : रु. ५५,५५५
- दोस्रो पुरस्कार : रु. ३३,३३३
- तेस्रो पुरस्कार : रु. १५,०००
- चौथो पुरस्कार : रु. ५,५५५
स्थानीय खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक सत्यदेवी आदिवासी युवा क्लबले जनाएको छ।
