सिद्धलेक प्रवर्धनका अभियन्ता मेघराज नहकर्मीको निधन

Avatar photo
Dhadingpost
मंसिर ७, २०८२

धादिङ। धादिङको सिद्धलेकलाई धार्मिक पर्यटन प्रवर्धनमा बर्षौ देखि जोडिएका पर्यटन व्यवसायी मेघराज नहकर्मीको निधन भएको छ ।

नलाङ–अपृछाप निवासी नहकर्मी काठमाडौंमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। काठमाडौं बसाइमै रहेर उनले आफ्नै जन्मगाउँको धार्मिक तथा पर्यटकिय महत्व बोकेको सिद्धलेक मन्दिरलाई देश–विदेशमा परिचित बनाउन निरन्तर योगदान दिएका थिए।

यसका लागि उनले नेचर क्याम्प सञ्चालन मात्र नभई Siddha Samaj Sewa Nepal का संस्थापक अध्यक्षका रूपमा स्थानीय स्वास्थ्य, शिक्षा र पर्यटन विकासमा महत्वपूर्ण भूमिकासमेत निर्वाह गरेका थिए। २०६६ सालतिर नै उनले सिद्धलेक क्षेत्रमा एम्बुलेन्स सेवा सुरुवात गरी समुदायलाई ठूलो सहयोग पुर्‍याएका थिए।

भारतमा उपचाररत नहकर्मीको आजै निधन भएको परिवारले जनाएको छ।

उनको योगदानले सिद्धलेकको धार्मिक पर्यटन पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्।