नीलकण्ठका तीन जनाको स्नातक तह तेस्रो वर्षमा उत्कृष्ट नतिजा

Avatar photo
Dhadingpost
मंसिर ४, २०८२

धादिङ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालित स्नातक तह तेस्रो वर्ष २०८१ को परीक्षामा नीलकण्ठका तीन विद्यार्थीले उत्कृष्ट नतिजा हात पारेका छन्।

नीलकण्ठ बहुमुखी क्याम्पसबाट सहभागी विद्यार्थीहरूमध्ये मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका प्रतिनिधित्व गर्दै तीनै जनाले आ–आफ्नो संकायतर्फ उच्च प्राप्तांक ल्याउँदै उत्कृष्टताको परिचय दिएका हुन्।

मानविकी संकायतर्फ

  • स्वस्तिका अधिकारी78.2%

शिक्षाशास्त्र संकायतर्फ

  • शुस्मा लामा57.60%

व्यवस्थापन संकायतर्फ

  • रोजिना धरेल71.80%

उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई क्याम्पस परिवारले बधाई तथा आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको छ।