
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वार्षिक शैक्षिक कार्यतालिका अनुसार विद्यालयस्तरीय स्पेलिङ कन्टेस्ट (Spelling Contest) र हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार प्रतियोगिताहरूका लागि मिति, समय र स्थान तोकिएको छ।
सूचनाअनुसार स्पेलिङ कन्टेस्ट प्रतियोगिता कार्तिक २८ गते बिहान ११ बजे आयोजना हुनेछ।
- आधारभूत तह (कक्षा ६–८) का लागि प्रतियोगिता बुद्धविकास आधारभूत विद्यालय, चरौदी मा हुनेछ।
- माध्यमिक तह (कक्षा ९–१०) का लागि राइजिङ स्टार इ. बोर्डिङ स्कूल, चरौदी मा आयोजना गरिने छ।
प्रत्येक विद्यालयबाट एक जना छात्र र एक जना छात्रा सहभागी हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, हाजिरीजवाफ प्रतियोगिता मंसिर ५ गते बिहान ११ बजे आयोजना गरिने भएको छ।
- आधारभूत तहका लागि प्रतियोगिता शान्तिदेवी माध्यमिक विद्यालय, मझिनटार मा हुनेछ।
- माध्यमिक तहका लागि प्रतियोगिता चन्द्रदेव माध्यमिक विद्यालय, बेनीघाट मा सञ्चालन गरिने छ।
यस प्रतियोगितामा माध्यमिक तहबाट अधिकतम तीन जना छात्रछात्रा र आधारभूत तहबाट अधिकतम तीन जना छात्रछात्रा सहभागी हुन सक्ने छन्।
गाउँपालिकाले विद्यालयहरूलाई विद्यार्थी सहभागी गराउन अनुरोध गरेको छ। साथै, सम्बन्धित विद्यालयहरूले आवाश्यक सहयोग र व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

