नीलकण्ठकी सञ्जिवनी र इशा अन्तर्राष्ट्रिय धादिङ समाज वक्तृत्वकला प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय

Avatar photo
Dhadingpost
अशोज २४, २०८२

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पाेखरेल प्रथम र इशा थापा द्वितीय स्थान हासिल गरेका छन् । दुबैजनाको अंक समान भएपछि आयोजकले गोला प्रणाली (लटरी विधि) अपनाउँदै क्रम निर्धारण गरेको हो।

यस्तै गल्छी गाउँपालिकाकी सूचना अधिकारी तृतीय भएकी छन् । त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्ध्या बिक चौथो र थाक्रेकी समृद्धि रुपाखेती पाँचौँ स्थानमा परेकी छन्। चौथो र पाँचौँ स्थान पनि अंक बराबर भएपछि गोला प्रणालीमार्फत निर्णय गरिएको थियो।

प्रतियोगिताका विजेताले क्रमशः निम्न पुरस्कार प्राप्त गरेका छन्ः
प्रथम स्थान: नगद रु ५०,०००
द्वितीय स्थान: नगद रु ३०,०००
तृतीय स्थान: नगद रु २०,०००
चौथो स्थान: नगद रु १०,०००
पाँचौँ स्थान: नगद रु ५,०००

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट छनोट भएका ३२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

प्रतियोगिताको उद्देश्य जिल्लाका विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास र सामाजिक विषयप्रति विश्लेषणात्मक सोच विकास गर्नु रहेको आयोजकले जनाएको छ।

x