अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा असोज २४ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
अशोज २२, २०८२

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आगामी असोज २४ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकाको सिटी हलमा सम्पन्न हुने छ ।

समाजका प्रवक्ता सुदीप भूषण अर्यालका अनुसार प्रतियोगितामा जिल्लाका १३ वटा स्थानीय तहबाट २६ जना विद्यार्थी (छात्र–छात्रा) सहभागी हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ:

  • प्रथम : रु ५०,०००
  • द्वितीय : रु ३०,०००
  • तृतीय : रु २०,०००
  • चौथो : रु १०,०००
  • पाँचौँ : रु ५,०००

छनोट भएका प्रतियोगिको सूची :

  • गल्छी गाउँपालिका : सूचना अधिकारी, संगीता श्रेष्ठ र सक्षम नेपाल
  • त्रिपुरासुन्दरी गाउँपालिका : विवेक बन्जरा र सन्ध्या बिक
  • थाँक्रे गाउँपालिका : सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी
  • धुनेबेशी नगरपालिका : काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल
  • नीलकण्ठ नगरपालिका : इशा थापा, सञ्जिवनी पौडेल, नम्रता शाक्य र अविना कार्की
  • रुबीभ्याली गाउँपालिका : मेनुका तामाङ
  • खनियाबास गाउँपालिका : आशिक तामाङ र फ्लोरिना गुरुङ
  • ज्वालामुखी गाउँपालिका : सन्देश भट्ट र बबिता गुरुङ
  • गंगाजमुना गाउँपालिका : टीका नेपाली र श्रेया तामाङ
  • सिद्धलेक गाउँपालिका : समिर गिरी र रनिशा सुनार
  • नेत्रावती डबजोङ गाउँपालिका : युनिका श्रेष्ठ रअनुष्का कमर
  • बेनीघाट रोराङ गाउँपालिका : उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे
  • गजुरी गाउँपालिका : अनिरुद्रसिं बस्नेत र इसा भण्डारी

प्रतियोगिताको उद्देश्य जिल्लाका विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास र सामाजिक विषयमा विश्लेषणात्मक सोच विकास गर्नु हो । पालिकाबाट छनोट भएर आएका प्रतियोगिहरूको प्रस्तुती कार्यक्रमलाई अझ सान्दर्भिक बनाउने भएकोले समाजका अध्यक्ष राजन खकुरालले सबैमा प्रत्यक्ष उपस्थित भई विद्यार्थीहरूको प्रस्तुती सुन्न आग्रह गरेका छन्।