अनकन्या कप फुटबलका लागि टिम दर्ता भोलीसम्म

Avatar photo
Dhadingpost
अशोज १२, २०८२

धादिङ । ज्वालामुखी गाउँपालिका–७, धारापानी खेल मैदानमा आगामी असोज १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने १२औं अनकन्या कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको टिम दर्ता भोलीसम्म मात्र हुने भएको छ । दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँसहित मेडल पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

थप जानकारीका लागि खेल सम्बन्धी सम्पर्कमा आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा तथा कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिने आयोजक लगनशील युवा क्लबले जनाएको छ ।

गत वर्ष सम्पन्न ११औं अनकन्या कप टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो । सो संस्करणमा विजेता टोलीले १ लाख ६० हजार रुपैयाँ प्राप्त गरेकोमा यस वर्ष पुरस्कार राशी घटाइएको आयोजकले जनाएको छ ।