
धादिङ । नेपाल नेत्रज्योति संघ धादिङको आयोजनामा र लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखी लगायतका सामाजिक संघ–संस्थाको सहकार्यमा आज धादिङ क्रिक रिसोर्टमा सम्पन्न खुला रक्तदान कार्यक्रममा १९६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा लायन्स क्लब अफ धादिङका तर्फबाट निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन लायन कृष्ण प्रसाद ढकाल (शिशिर), प्रथम उपाध्यक्ष राजाराम रिजाल, सर्भिस चियर पर्सन लायन पवित्रा लम्साल (प्राविधिक) लगायतको सक्रिय सहभागिता रहेको थियो ।
आयोजक संस्थाले रक्तदानलाई मानव जीवन बचाउने महान कार्य भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

