
धादिङ । गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को २०२५–२०२७ कार्यकालका लागि धादिङ नीलकण्ठ–९ घर भई टेक्सास बस्दै आएका सन्तोष लम्साल सर्वाधिक मत प्राप्त गर्दै एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित भएका छन् ।
संस्थागत सुधार, युवाको सहभागिता तथा नेपाली समुदायको हकहितका सवालमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्यसहित एनआरएनए अमेरिकाको निर्वाचनमा उम्मेदवारी दिएका लम्सालले ४ हजार ३९६ मत प्राप्त गरी बोर्ड अफ डाइरेक्टर्स पदमा विजयी भएका हुन् ।
सामाजिक सेवामा सधैं क्रियाशील देखिने युवा पंक्तिमा लोकप्रिय बनेका सन्तोष, बागमती प्रदेश सांसद गोविन्द लम्सालका पुत्र हुन् । उनी विगत पाँच वर्षदेखि टेक्सासलाई आफ्नो कर्मथलो बनाएर अमेरिका बस्दै आएका छन् ।
