उमेरले पढाईलाई छेक्दैन: भूपू सैनिक प्रेमनाराण कक्षा १२ उतिर्ण

Avatar photo
Dhadingpost
साउन २१, २०८२

धादिङ । नीलकण्ठ ३ का स्थानीय प्रेमनारायण श्रेष्ठे १९ वर्ष नेपाली सेनामा बिताएर अवकाश लिए सँगै गत वर्ष देखि नीलकण्ठ माविमा कक्षा ११ मा भर्ना भई पढाईलाई सुरुवात गरेका थिए ।

धादिङपोष्टले नियमित स्कुल जाँदै ४४ वर्षिय प्रेमनारायण भन्दै एक वर्ष अघि समाचार लेखेका थियो । उनै प्रेम नारायणले २०८१ को कक्षा १२ को परिक्षामा छोरा सँगै आफुले पनि परिक्षा दिएका थिए ।

०५५ सालमा एसएलसी पास गरेपछि सेनाको जागिरमा हिडेका उनले अवकाशपछि पढाईलाई निरन्तरता मात्रै दिएका छैनन् पढाईमा सफलता समेत प्राप्त गरिरहेको छन् । उनले १२ को परिक्षामा २.९४ जीपीए ल्याउँदै उमेरले छेक्दैन पढाईलाई भन्ने सन्देशलाई झनै महत्व दिएका छन् ।

उमेरका हिसावले कक्षामा आफु भन्दा धेरै कम उमेरका साथीहरु हुन्थे कक्षा ११ को सुरुको दिनमा आफुलाई भन्दा पनि अरुलाई असहजता लाग्यो कि भन्ने लाग्थ्यो नियमित कक्षामा जान थालेपनि असहज केहिभएन अब १२ पास पनि भैयो पढाईलाई अझै निरन्तरता दिने सोचमा रहेको उनले बताए ।