धादिङकी नौं वर्षिय दिलिजा ‘द भ्वाइस किड्स’ जित्न भोट माग्दै

Avatar photo
Dhadingpost
साउन ७, २०८२

धादिङ । धादिङकी सानी नानी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली जारी बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको भोटिङ राउण्डमा पुगेकी छिन् ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजन अब २४ जना प्रतिस्पर्धीबाट १६ मा झार्न आयोजकले अब कोच भन्दा बाहिर ल्याउँदै भोटिङ् खुल्ला गरि सकेको छ ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी दिलिजालाई टप १६ मा पुर्याउन अब भोटिङको मात्रै विकल्प रहेको दिलिजाको बुबा दिनेश रुवालीले बताए ।

स्वर राम्रो थियो, छोरीको रुची उनी पढ्ने स्कुलका सर मिसहरुले पनि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ मा भाग लिन लगाउनु भने, यस अघिका ‘शो’ हरुमा पनि राम्रो गरिन् । अब अगाडी बढ्न भोट गरिदिन उनले आग्रह गरे ।

नेपालमा रहनु हुनेका लागि Voting प्रक्रिया:

  1. Khalti App खोल्ने ।
  2. Khalti Pay मा गई “Voting” विकल्पमा जाने ।
  3. Coach Khem चयन गर्ने ।
  4. त्यसपछि नम्बर ४ (4) मा रहेको Diliza Ruwali लाई छानेर भोट गर्ने ।
    Free Vote पनि गर्न सकिन्छ ।
    विदेशबाट:
    www.khalti.com खोल्ने ।
    त्यहाँबाट Coach Khem चयन गरी
    Diliza Ruwali (नम्बर ४) मा Click गरेर
    भोट गर्ने ।
    QR Scan गरि Vote गर्ने सक्नु हुने छ।