नीलकण्ठद्वारा चार जीपीए ल्याउनेलाई जनही ५० हजार सहित सम्मान

Avatar photo
Dhadingpost
असार २०, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा चार जीपीए ल्याउने पालिका भित्रका ५ जना विद्यार्थीलाई जनही ५० हजार रुपैंया सहित सम्मान गरेको छ ।

नगद ५० हजार सहित सम्मानित हुनेमा न्यु किबो बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष भण्डारी, नीलकण्ठ बालमन्दिर माविकी सन्ध्या तिमल्सिना, चिल्ड्रेन पार्क आवासीय माविकी प्रिसिला तामाङ र सुनौलो भैरवी माविकी प्रशंसा श्रेष्ठ रहेका छन् ।

धादिङ जिल्लाबाट चार जीपीए ल्याउने आठ जना जना मध्य पाँच जना नीलकण्ठ नगरपालिकाका हुन् ।

यस्तै सत् प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल चार विद्यालय ( प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी मावि) लाई समेत नीलकण्ठ नगरपालिकाले प्रति विद्यालय चार लाखको दरले सम्मान गरेको नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश दत्त भट्टले धादिङपोष्टलाई बताए ।

पुरस्कृत भएका विद्यार्थी र विद्यालयलाई नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले बिहिबार एक विशेष समारोहका बीच नगद र सम्मान पत्र प्रदान गरेका थिए ।

x