युवा सांसदमा धादिङ १ बाट श्याम र २ बाट अश्विन विजयी

Avatar photo
Dhadingpost
असार १८, २०८२

धादिङ । ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ अभियान ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको निर्वाचन प्रक्रियामा धादिङ क्षेत्र नम्बर १ का लागि श्यामकुमार लामा र क्षेत्र नम्बर २ का लागि अश्विन दुवाडी निर्वाचित भएका छन् ।

‘राष्ट्रिय युवा संसद’ नामक अभियानको दोस्रो चरणको निर्वाचन प्रक्रियामा दुई जनाको लागि धादिङबाट ६ जना (धादिङ २ बाट प्रविण कडेल, अश्विन दुवाडी र रुपक श्रेष्ठ, धादिङ १ बाट निरञ्जन रुपाखेती, श्यामकुमार लामा र शिवानी मगर) प्रतिपर्धामा रहेका थिए ।

युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने, सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध गराउने, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवद्र्धन गर्दै युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई बर्षसम्म अभियान चलाउन निर्वाचन प्रक्रियाबाट युवा संसद निर्वाचन गरिएको जनाईएको छ ।

उम्मेद्वारको प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई युवा सांसदमा निर्वाचित गराईएको Global Youth Parliament ले जनाएको छ ।