नीलकण्ठ बालमन्दिर माविमा भोली (२४गते) विदा नहुने

Avatar photo
Dhadingpost
बैशाख २३, २०८२

धादिङ । बागमती प्रदेश सरकारले भोली (बैशाख २४) बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाउन प्रदेश भर सार्वजानिक विदा दिने निर्णय गरेपनि धादिङबेसी स्थित जिल्लाकै ठुलो नीलकण्ठ बालमन्दिर माविले विद्यालय बन्द नगर्ने भएको छ ।

२९ दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण विद्यालय बन्द भई सिकाइमा भएको क्षतिपुर्तिका लागि हामीले भोली प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि विद्यालय संचालन गर्न लागेको प्रधानाध्यापक ध्रुव अधिकारीले धादिङपोष्टलाई बताए ।

अभिभावकहरुलाई जानकारी होस् भनेर सूचना पनि जारी गरेका छौं । शिक्षकहरुको आन्दोलनबाट केहि दिन विद्यार्थीहरुको पढाईमा अवश्य असर परेको महसुस गरेका छौं । त्यसकारण विदाको दिन पनि विद्यालय संचालन गर्न लागिएको प्रधानाध्यापक अधिकारीले बताए ।

x