धादिङका चेपाङ समुदायमा सहयोग गर्न कतारमा साँस्कृतिक कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र ३१, २०८१

धादिङ । धादिङका चेपाङ समुदायलाई सहयोग गर्न धादिङ सेवा समाज कतारले नयाँ बर्ष २०८२ को अवसरमा “बृहत् साँस्कृतिक कार्यक्रम” सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष आयुष घलेका अनुसार मुन्ताजामा पियरलिङ सिजनल स्कुलको सभाहलमा भएको उक्त सास्कृतिक कार्यक्रममा एकहजार भन्दा बढी नेपालीहरुले सहभागिता जनाएका छन् । प्रस्तुतिका लागि नेपालबाट चर्चित गायक मिलन लामा कतार गएका थिए ।

अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ समन्वय परिषद्का उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा भएको उक्त साँस्कृतिक कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रबाट कति पैसा उठ्यो, नाफा घाटा के भयो हिसाव गर्नै बाँकी छ, नाफा वा घाटा जे भएपनि धादिङका चेपाङ समुदायमा सहयोग लिएर पुग्ने समाज प्रतिवद्ध रहेको सचिव रामहरि श्रेष्ठले धादिङपोष्टलाई बताए ।