धादिङका ठाकुर धरेल पर्वतारोहण संघको बागमतीको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
अशोज ७, २०८१

धादिङ । नेपाल पर्वतारोहण संघ (एनएमए) अन्तर्गत बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका ठाकुर धरेल अध्यक्षमा चयन भएका छन् ।

२५ वर्ष देखि पर्यटन क्षेत्रमा सक्रिय उनी Din Travel and Tours pvt Ltd. का संचलक हुन् । अधिबेशनबाट उपाध्यक्षमा मिलन कुमार तामाङ, सचिवमा फुडोमा शेर्पा र कोषाध्यक्षमा कुलदास तामाङ चयन भएका छन् ।

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट सदस्यहरुमा दिलकृष्ण गुरुङ, दावा सिङ्गी हेल्मो, सुब्बा लामा, लोप्साङ शेर्पा, गणेश नेपाली, भीम बहादुर तामाङ, सुनिल तामाङ, रत्न बहादुर तामाङ, ज्ञान बहादुर तामाङ, नीर बहादुर तामाङ, दीप कुमार तामाङ, अदित कुमार गुरुङ, जयविर तामाङ चयन भएका छन् ।