रुबीभ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

Avatar photo
Dhadingpost
भदौ १६, २०८०

धादिङ । धादिङको रुबीभ्याली –४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले प्रतिस्थापन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङका साथै पशुपति विकास कोषका सदस्य सचिव मिलन थापासहित उक्त कार्यक्रममा सहभागी थिए ।

सदरमुकाम धादिङ बेसीबाट दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा पछिल्ला दिनमा चर्चहरू धेरै निर्माण भइरहेको चर्चा चलिरहेका बेला शिवको मूर्ति स्थापना गरिएको हो । त्यसले धार्मिक पर्यटकलाई पनि बढाउन सहयोग पुग्ने तामाङले दाबी गरे ।‘रुबीभ्याली पर्यटकीय दृष्टीले महत्त्वपूर्ण क्षेत्र हो,’ उनले भने,‘शिवको २२ फिट अग्लो प्रतिमा स्थापनाले धार्मिक पर्यटकलाई पनि बढाउने विश्वास लिएका छौँ ।’ यो समाचार हामीले नागरिक दैनिकबाट लिएका हौं ।