नीलकण्ठको राहत शिक्षक अध्यक्षमा विष्णु सेंढाई चयन

Avatar photo
Dhadingpost
भदौ ४, २०८०

धादिङ । नेपाल राहत शिक्षक समिति नीलकण्ठ नगरपालिकाको अध्यक्षमा विष्णु सेंढाई चयन भएका छन् ।

नगर स्तरीय भेलाले सेंढाई अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति गठन गरेको हो जसको उपाध्यक्षमा शिवराम श्रेष्ठ, महिला उपाध्यक्षमा देवकी दुवाडी, सचिवमा नविना श्रेष्ठ, सह सचिवमा सिता दुवाडी खनाल, कोषाध्यक्षमा विनोद सामरी, सह कोषाध्यक्षमा उर्मिला घिमिरे, चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शारदा थापा मगर, सोमनाथ रिजाल, बाबुकाजी श्रेष्ठ, गुणकुमार रिजाल, विष्णुनारायण श्रेष्ठ, कृष्णप्रसाद पोख्रेल, सिता भट्ट र भोजराज पोख्रेल चयन भएका छन् ।

नीलकण्ठ नगरपालिकामा १५० भन्दा बढी राहत शिक्षहरु रहेका छन् । नेपाल राहत शिक्षक समिति धादिङको अध्यक्षमा जनार्दन नेपाल छन् ।