बुद्धिमान वाईवाको “जसलाई बढी माया गर्थेँ”.. भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३, २०७९

धादिङ । धादिङका बुद्धिमान वाईवा केहि वर्ष अघि देखि न्युयोर्कमा छन् । नेपालमा रहँदा पनि कला संस्कृति र मनोरञ्जनलाई प्रथामिकतामा राख्ने उनले पछिल्लो समय “जसलाई बढी माया गर्थेँ” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

तामाङ समाज अमेरिकाको महासचिव समेत रहेका वाईवाको यस म्युजिक भिडियोमा संगीत टिका बम्जन, आवाज लक्ष्मी स्याङतानको रहेको छ भने यस म्युजिक भिडियोको निर्देशन जोन राइले गरेका हुन् । अभिनय तर्फ सुनिता वाइबा, सोनाम वाइबा र माया लोप्चनलाई देख्न सकिन्छ ।

धादिङमा रहँदा विभिन्न स्टेज कार्यक्रम संचालन गर्ने वाईवा संचारकर्मी समेत थिए । उनले यो पछिल्लो समेत गरि चर्चित गीत म्हेन्दोमाया एल्बम “सेम्की माया” लगायत आधा दर्जन भन्दा बढी गित बजारमा आईसकेका छन् ।

जसलाई बढी माया गर्थेँ भिडियो