सिद्धलेकबाट भलिबलमा यी खेलाडी छानिए जिल्लाको रनिङ शिल्ड खेल्न

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १८, २०७९

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट गर्न सिद्धलेक गाउँपालिकाले माघ १८ देखि २० गते सम्म पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगिताबाट जिल्लाका लागि छानिएका भलिबल र कबड्डीका खेलाडीहरुको नामावली धादिङपोष्टले प्राप्त गरेको छ ।

यहि फागुन २३ गते देखि गजुरीको गलौदी खेल मैदानमा हुने धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि भलिबल छात्र तर्फ शितल गुरुङ, सुजन परियार, प्रविन कुवर, भुपेश थापामगर, सौगात खतिवडा, मायाँनाथ खनाल, शम्भु अर्याल, रोहित राना, दिपक आलेमगर छन् भने आयुष सेढाई र सुलभ खतिवडा (बैकल्पितमा छनोट भएका छन् ।
यस्तै छात्रा भलिबलमा अमृता थापामगर, सुहाना थापामगर, रोशनी श्रेष्ठ, सोविता ठकुरी, दिपा थापा, एन्नी थापा, जोनी माझी, शितल थापामगर, निरा श्रेष्ठ र बैकल्पितमा कञ्चना रानामगर छानिएका छन् ।

कबड्डी छात्रमा अर्जुन तामाङ, शिशिर खतिवडा, विपन रानामगर, सन्देश माझी, विशाल गिरी, शैलेन्द्र भट्टराई, विपिन इटनी, अनिल गुरुङ, सिजन श्रेष्ठ र बैकल्पितमा सन्देश थापा छनोटमा परेका छन् ।
यस्तै छात्रा कबड्डीमा रितिका अधिकारी, अम्बिका मगराती, इशा गुरुङ, मुस्कान पुलामी, सुप्रिया सुनार, सरस्वती गिरी, झरना थापामगर, नेहा गुरुङ, सर्मल घले र वैकल्पितमा अनिता श्रेष्ठलाई छनोट गरेको सिद्धलेकबाट सन्दिप थापामगरले बताए ।

ज्वालेश्वरी माध्यामिक विद्यालयमा आयोजित सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड ८ स्वर्ण, ५ रजत र २ कास्य सहित सत्यवती माध्यामिक विद्यालयले जितेको थियो भने, ६ स्वर्ण, ५ रजत सहित सिद्धेश्वर माध्यामिक विद्यालय दोस्रो, ४ स्वर्ण, ८ रजत र ४ कास्य सहित महाकालि मावि तृतिय र ३ स्वर्ण १ रजत र ४ कास्य सहित बाघबच्छला माध्यामिक विद्यालय चौथो भएका थिए ।