
धादिङ । इस्युहारा टाउन कोची जापानको निमन्त्रणमा उप-प्रमुख दिपक विश्वकर्मा, सल्लाहकार दिपक कोईराला, वडाध्यहरु प्रमुख प्रशासकिय अधिकृत सहित नीलकण्ठ नगरपालिकाको १३ जना जापान भ्रमणमा छन् ।
पहिलो पटक २०७६ जेष्ठ १३ गते जापानको इस्युहारा टाउन कोची जापान भाईस प्रे-सिडेन्ट निसिमुरा सिईन्चीको नेतृत्वमा आएको कोची युनिभर्सिटीका प्रोफेसरको टोली र नीलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख सहितको टोलीबीच नीलकण्ठ नगरपालिका सँग साझेदारी गर्ने सहमति बने सँगै नीलकण्ठ र जापानको इस्युहारा घरदैलो जस्तै बनेको छ । कहिले त्यहाँका प्रतिनीधि र कहिले यहाँका प्रतिनीधि नियमित जस्तै भ्रमण गरिरहन्छन् । तर नीलकण्ठबाट यति धेरै संख्यामा जापान भ्रमण निस्किएको भने यो पहिलो पटक हो ।
हामी १३ जनाको टिम जापान छौं, इस्युहारा टाउन कोचीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिनको छलफल वैठकका लागि आएका हौं बैठक सकियो अब टोकियो फर्कदै गरेको उप-प्रमुख दिपक विश्वकर्माले धादिङपोष्टलाई बताए । यो टिमले अब ११ तारिकको दिन टोकियोको सिनिकुबो ( Sinokubo) मा धादिङ समाज जापान सम्पर्क समाज सँग भेटघाट गर्ने बताईएको छ ।
के भयो बैठकमा
१.दुई नगरपालिका बिचको दिगो र सुदृढ सम्बन्ध बनाउँदै लैजाने,
२. यहाँको विकास विशेष गरि कृषि , शिक्षामा सिप , प्रविधिको सहयोग, जनशक्ति आदानप्रदान गर्न सकिने प्रतिवद्धता ।
३. नीलकण्ठ नगरपालिकाको निमन्त्रणालाई स्वीकार गर्दै अप्रिलमा नगर प्रमुख हिरोसी योसिदा, उप प्रमुख सिनिची निसिमुरा र प्रमुख नगर प्रशासनिक प्रमुख निमोनियाको टिम आउने ।
जम्बो टोली जापान रहँदा को खर्च व्यवस्थापन कसरी गर्नु भयो भन्न हाम्रो प्रश्नमा उप मेयर विश्वकर्माले भने निमन्त्रण इस्युहारा टाउन कोची जापानको भएपनि सम्पूर्ण खर्च हामी आफैले व्यक्तिगत रुपमा गरेका हौं । टिकट २ लाख र अन्य खर्च गरेर र प्रति व्यक्ति ३ लाख ५० हजार खर्च भएको उनले बताए ।
को-को छन जापान भ्रमणमा
दिपक विश्वकर्मा
दिपक कोईराला
दिनेशराज पन्त
राजकुमार श्रेष्ठ
रामबहादुर श्रेष्ठ
गौतमहरि अधिकारी
प्रकाश कुमार श्रेष्ठ
सरोज पाण्डे
धर्मराज भण्डारी
बिवेक खतिवडा
सरोज अधिकारी
सरोज तिवारी, चिनामायाँ श्रेष्ठ
