बेनीघाट रोराङले सहिद तथा वेपत्ता परिवारलाई आय आर्जनका लागि प्रति परिवार ५० हजार दिने

Avatar photo
नारायण सिलवाल
माघ १०, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका २७ जना सहिद तथा वेपत्ता परिवारहरुलाई आय आर्जनका लागि प्रति परिवार ५० हजार दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराउँने उक्त रकम सहि सदुपयोग गर्नाका लागि आज सहिद तथा वेपत्ता परिवारहरुलाई आय आर्जनका लागि क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले गाउँपालिकाले सहिद परिवारलाई उपलब्ध गराउने उक्त रकम विउ पुँजी सहिद सदुपयोग गर्न आग्रह गरेका थिए । गाउँपालिकाले अनुगमन गर्नेछ बाख्रा पाल्छु, कुखुरा पाल्छु, भैसी पाल्छु भनेर पैसा लाँदै हुनुहुन्छ गाउँपालिकाले अनुगमन गर्छ यो पहिलो कार्यक्रम हैन हरेक वर्ष गाउँपालिकाले यस्तो सहयोग गर्ने हुनाले सर्त अनुसार काम नगर्नेहरुलाई अर्को वर्ष देखि सहयोग नगरिने समेत अध्यक्ष थपलियाले बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सहिद परिवार लक्ष्यित कार्यक्रम गाउँपालिकाले स्वरोजगार सँग जोडेर आर्थिक सहयोग गर्न लागेको बताउँदै इमान्दारका साथ काम गर्ने सहिद परिवारलाई थप नयाँ कार्यक्रम समेत गाउँपालिकाले बनाउने बताएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले जुन कार्यका लागि विउ पुँजी लाँदै हुनुहुन्छ त्यो कामको लागि पालिकाले नै तपाईहरुलाई व्यवसायीक अभिमुखि करण गरेर पठाउने हुँदा हरेक सहिद परिवारको घर-घर पुगेर काम भए नभएको अनुगमन गरिने बताएका थिए ।

कार्यक्रममा वेपत्ता परिवारले गाउँपालिकाको वीउ पुँजीलाई अमुल्य सहयोगको रुपम लिएको बताउँदै । नि:शुल्क स्वास्थ्य विमा गराई दिन, उच्च शिक्षा सम्म नि:शुल्क गरिदिन, सम्मान कार्डका व्यवस्था गर्न, सिप मुलक तालिम दिन, सहिद तथा वेपत्ताहरुको एकीकृत नमुना वस्तीको रुपमा विकास गर्न र एक पटक प्लेन चढाएर भ्रमण गराई दिन आग्रह गरेका थिए ।

यो वर्ष सहिद तथा वेपत्ता परिवारमा गाउँपालिकाले ३ चरणका कार्यक्रम राखेको छ । पहिलो चरणको कार्यक्रम अध्यक्षद्वारा न्यानो कपडा वितरण कार्यक्रम सकि सकेको । दोस्रो चरणको कार्यक्रम आय आर्जनका लागि प्रति परिवार ५० हजार वितरण र तस्रो सहिद परिवार सम्मान कार्यक्रम रहको मणिराज गुरुङले बताए ।

बेनिघाट रोराङका सहिद तथा वेपत्ताहरुको नामावली
सहिदहरुः इन्द्रबहादुर थपलिया, रामहरि थपलिया, राजकुमार थपलिया, गोकर्ण गिरी, भिम गिरी, फुलमाया नेपाली, होमबहादुर सेढाई, ठाकुर सिंह तामाङ, टेकबहादुर बिक, सानुकान्छा बिक, राजकुमार बिक, भिबमहादुर थापामगर, मञ्जु थापा मगर, गोकर्ण गुरुङ, टकबहादुर गुरुङ, चित्रबहादुर चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ
रामबहादुर चेपाङ, दिल्ला चेपाङ, विकास चेपाङ, सानोकान्छा चेपाङ, बुद्धबहादुर चेपाङ र राजकुमार श्रेष्ठ
वेपत्ताहरुः अमृत कडेल, राजेन्द्र बराम