जेष्ठ नागरिकलाई फाइब सिरक वितरण

Avatar photo
Dhadingpost
पुस २५, २०७९

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले ४ सय १२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको जनाएको छ ।

उपाध्यक्ष न्यानो कपडा वितरण कार्यक्रमअन्तरगत धार्चे गाउँपालिकाले पालिकाभित्रका जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको जनाएको हो ।

लाप्राकसँगै धार्चेका सातवटै वडामा एकैपटक सिरक वितरण गरिएको हो । यसकालागि पालिकाभरीका कुल चार सय १२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरणका लागि कुल सात लाख २८ हजार रुपैया बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।