
गोरखा । गोरखा स्थित धार्चे गाउँपालिका २ का वडा अध्यक्ष सरोज गुरुङले टोल टोल पुगेर सेवा दिई रहेका छन् । जुन टोलका सेवाग्राहीको काम परेको हुन्छ, फोन आएपछि त्यही टोलमा गएर सेवा दिने गरेको उनी बताउँ छन् ।
गाउँमा सडक सञ्जालले जोडेको छैन । वडा कार्यालय पुग्न रुञ्चेतबाट केरौँजा पुग्न हिँडिरहनेलाई डेढ नत्र, दुईघण्टासम्म लाग्छ । रौँजावेशी (लामावेशी) बाट केरौँजा पुग्न साँढे दुईघण्टा लाग्छ । गाउँलेलाई वडा कार्यालयको सेवा लिन धेरै दुख नहोस् भनेर आफै टोल टोल पुगेर सेवा दिई रहेको उनी बताउँछन् ।
वडाअध्यक्ष सरोज गुरुङ भन्छन्, ‘सचिव चाहिँदैन । सिफारिस लेख्न म आफैले जानेको छु । म एकजना गाउँगाउँमा गएँ भने धेरैजना गाउँलेले दुख गर्नै पर्दैन ।’ घुम्ती सेवाले वडाबासी सबै जना खुशी भएको उनको भनाइ छ ।
विशेषगरी गाउँमा नागरिकताको सिफारिस बनाउने काम धेरै हुन्छ । त्यस्तै सामाजिक सुरक्षा भत्ताको सिफारिस बनाउने, भत्ता वितरण गने, आदिवास जनजाति सिफारिस गर्ने, जन्मदर्ता, विवाह दर्ता, बसाइँ सराई दर्ताका काम पनि वडा अध्यक्ष गुरुङले टोलटोलमै पुगेर गर्ने गर्छन् । यो खवर दरौंदी दैनिकले लेखेको छ ।
