जवाङको सुन्तला धादिङ महोत्सवमा ल्याईने

Avatar photo
Dhadingpost
मंसिर २६, २०७९
जवाङमा सुन्तला टिप्दै स्थानीय

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको सुन्ताला एउटा ब्राण्ड नै बनेको छ । जवाङमा सुन्ताला खानकै लागि यो मौषममा काठमाडौं पोखर र चितवन देखिका मानिसहरु जवाङ पुग्ने गर्दछन् ।

मिठो र रसिलो सुन्तला उत्पादन हुने यस क्षेत्रका सुन्तलालाइ फललाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँकास्थानीयको आय आर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।

धादिङ महोत्सव मुलआयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक बीचको छलफलमा जवाङको सुन्तलालाइ महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिवएवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिए । आगामी पुष ७ गतेदेखि १७ गते सम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ ।