धादिङ अस्पतालको वार्षिकोत्सवमा ३८ जनाले रक्तदान गरे

Avatar photo
Dhadingpost
मंसिर २५, २०७९

धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । आज भएको कार्यक्रममा १३ जना महिला २५ जना पुरुष गरि ३८ जनाले रक्तदान गरेका हुन ।

धादिङ अस्पताल ४६ औं वार्षिक उत्सवको अवसरमा मंसिर २२ गते देखि विभिन्न रोगको नि:शुल्क शिविर संचालन गर्दै आईरहेको छ ।

सूचना अधिकारी बिक्रम विकका अनुसार शिविरमा डेन्टल सेवा, डायबेटिज र प्रेसर रोग स्क्रिनिङ, स्थायी बन्ध्याकरण सेवा, मनोसामाजिक मनोपरामर्श सेवा सम्पन्न भैसकेको र भोली मुटुरोग सम्बन्धी चेक जाँच गरिने छ ।