घण्टी लिएर जित्ने डा. तोसिमा र सोविता को हुन् ?

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

काठमाडौं । ११ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी डा. तोसिमा कार्की घण्टी चिन्ह लिएर ललितपुर ३ बाट विजयी बनेकी हुन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) उनले ९ हजार ३०३ मत ल्याई विजयी बनेकी हुन् ।

माओवादी केन्द्रको चर्चित महिला नेतृ पम्फा भुसाल सत्ता गठबन्धनको तर्फबाट यस क्षेत्रको उम्मेदवार बने सँगै रोचक भिडन्त हुने आँकलन गरिएको यस क्षेत्रको अन्तिम मतगणना भुसाल तेस्रो बनिन् ।

यस्तै ‘हेभिवेट’ उम्मेदवारहरूका कारण चर्चामा आउने गरेको काठमाडौं–२ मा पनि घण्टी बहाक उम्मेदवार अधिवक्ता सोविता गौतम विजयी बनिन् । माओवादी केन्द्रको चर्चित नेतृ ओनसरी घर्तीलाई सत्ता गठबन्धनले उठाएपनि मतदानताले मनपराई दिँदा गौतमले१५ हजार २२९ मत ल्याउँदै विजयी बनेकी हुन् ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि थिायो । उक्त चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र)ले ३ हजार १३१ मत पाएका थिए ।