
काठमाडौं । काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याई विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) तेस्रो हुन पुगिन ।
पराजुलीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत ल्याए भने मानुषीले ६ हजार ६३ मत मात्रै पाइन् ।
