
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सिटामोलको अभाव भएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाका स्वस्थ्य संयोजक यमबहादुर श्रेष्ठले पनि सिटामोल अभाव भएको स्वीकार गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र १, हेल्थपोष्ट ४, अधारभुत स्वास्थ्य केन्द्र १ र स्वास्थ्य ईकाई २ वटा रहेको त्रिपुरासुन्दरीमा सिटामोल सहित राज्यले उपलब्ध गराउँने नि:शुल्क अधिकांश औषधीहरु अभाव भएको बताईएको छ । स्वस्थ्य संयोजक श्रेष्ठले धादिङपोष्ट सँग कुरा गर्दै अभाव भएका औषधीहरु एकसाथ भित्र ल्याईने तयारी गरिएको बताए ।
डेंगु संक्रमितहरुको संख्या अझै नघट्नु र डेंगुमा विरामीहरुलाई नभई नहुने र अन्य प्रकोप जन्य रोगमा समेत चलाईने सिटामोल समेत अभाव भएपछि स्थानीयहरुले आक्रोस पोखेका छन् । सिटामोलको अभाव भएको छ वडामा रहेको स्वास्थ्य संस्थामा तत्काल अभाव भएको औषधी खरिद गर्न वजेट वडाले भुक्तानी गर्ने गरि निर्देशन दिएको वडा नम्बर ७ का अध्यक्ष सुवास अधिकारी (दर्पण) बताए ।
