बागमतीमा डेङ्गु सङ्क्रमित ३४ हजार पुग्दा, धादिङमा २१ सय १० संक्रमित

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७९

धादिङ । धादिङका २ हजार ११० जना सहित बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजार पुगेको छ । बागमतीमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार ७६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा१ सय १०, काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

हालसम्म जिल्लाका १ हजार १३५ जना पुरुष र ९७४ महिला गरी कुल २ हजार ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको धादिङले जनाएको छ । जिल्लाको कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । नगरपालिकामा हालसम्म १ हजार २९७ जना संक्रमित भएका छन् भने गल्छीमा १११, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०,ज्वालामुखीमा ८२, त्रिपुरासुन्दरीमा ७६ जनामा संक्रमण भएको छ। यस्तै सिद्धलेकमा ६१, गंगाजमुनामा ३१, थाक्रेमा १८,नेत्रावती डवजोङमा १४,रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।