ज्वालामुखीमा जारी यू-१६ फुटबलको उपाधी खरी मैदानलाई

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७९

धादिङ । ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा भएको वडा स्तरीय अण्डर-१६ फुटबल प्रतियोगिताको उपाधी खरी मैदानले जितेको छ । लगनशिल युवा क्लवको आयोजनामा भएको उक्त प्रतियोगितामा सहारा युवा क्लवलाई पराजित गर्दै खरी मैदानले उपाधि हात पारेको हो ।

प्रतियोगिताको उपाधि हात पारे सँगै खरीले २५ हजार जितेको छ भने उपविजेतामा रोकिएको सहाराले १५ हजार नगद जितेको छ । ८ टिम सहभागि यस प्रतियोगितामा प्रथम र द्वितिय दुबै टिम वडा नं. ५ बाट भएका हुन् ।