धादिङका डा. राम थापाक्षेत्री हेटौंडा अस्पतालको मेनेजरमा नियुक्त

Avatar photo
Dhadingpost
अशोज २९, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम निवासी डा. राम थापाक्षेत्री मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको अस्पताल व्यवस्थापक नवौं तह (Hospital Manager) पदमा नियुक्त भएका छन् ।

बङ्गलादेशबाट MBBS उत्तीर्ण गरेका डा. क्षेत्रीले पोखरा विश्वविद्यालयबाट अस्पताल ब्यवस्थापनमा (Hospital Management) स्नातकोत्तर गरेका थिए । उनले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ अस्पताल, नेपाली सेनाको कोभिड अस्पताल र धादिङ अस्पतालमा समेत काम गरिसकेका छन् ।

सामाजिक सेवाको क्षेत्रमा देखा पर्ने डा। राम थापा क्षेत्रीले २०७२ सालको महाभुकम्पमा धादिङ जिल्लामा उत्कृष्ट भोलिनटिएर सेवागरेकोमा प्रबल जनसेवा श्री पदकबाट पनि विभुषित भएका थिए ।