
सन्जु श्रेष्ठ
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्याटारमा हुने महोत्सवको लागि समान र मजदुर लिएर गएको आईचर गाडी नीलकण्ठ १० स्थित रमाईलो डाँडामा दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।
ना ४ ख ८०४१ नम्बरको गाडी दुर्घटनामा परि चालक सहित महोत्सवका काम गर्न आएका ८ मजदुर घाईते भएको जसमा ३ जना भिम चौधरी, इन्द्रजित पासी र महमत जुकायत गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा कपिल वस्तु सुन्धोजन गाउँपालिका निवासी ५१ वर्षिय भरुङ पासी, साधु धोनी, ३५ वर्षिइ इन्द्रजित पासी, तुलसी पासी, इण्डिया घर बताउने महमत जुकायत, भिम चौधरी र चालक हेटौंडाका सुर्य बहादुर थिङ र अनिल थिङ रहेका छन् ।






































