
धादिङ । धादिङमा रहेका सापकोटाहरुको सापकोटा कल्याण केन्द्रको तेस्रो जिल्ला सम्मेलनबाट नेत्रावती डवजोङका अर्जुन सापकोटा जिल्ला सभापतिमा चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न उक्त सम्मेलनले धादिङको उप सभापतिमा नवराज सापकोटा नीलकण्ठ, महिला उप सभापतिमा कल्पना सापकोटा नेत्रावती डवजोङ, सचिवमा दिपक सापकोटा ज्वालामुखी, कोषाध्यक्षमा हरिमाया लामिछाने सापकोटा नीलकण्ठ, सह सचिवमा सन्तोष सापकोटा गजुरीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा ठाकुर सापकोटा धुनीबेसी, ठाकुर सापकोटा नेत्रावती डवजोङ, सिताराम सापकोटा, होमबहादुर सापकोटा नेत्रावती डवजोङ, शिव प्रसाद सापकोटा त्रिपुरासुन्दरी, रामशरण सापकोटा चयन भएका छन् भने सम्मेलनले शिवराज सापकोटा, थानेश्वर सापकोटा, अर्जुन प्रसाद सापकोट, सिवनोद सापकोटा र शिव सापकोटा रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।




























