गजुरीका अध्यक्ष श्रेष्ठको नेतृत्वमा डेँगु नियन्त्रण अभियान सुरु

Avatar photo
Dhadingpost
अशोज १, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ ।
धादिङ जिल्लामा दैनिक डेंगु संक्रमितका विरामी बढ्दै गएपछि स्थानीय सरकारहरुले लामखुट्टेका लार्भा नष्ट गर्नचासो देखाउन थालेका छन् । गजुरी गाउँपालिकाको क्षेत्रमा डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट अभियानमा अध्यक्ष गणेश लाल श्रेष्ठ आफै सक्रिय छन् ।

अभियनको क्रममा स्थानीयमा जनचेतना र डेंगु लामखुट्टेका लार्भा नष्ट गर्न विषादी प्रयोग सुरुभएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।यहि अभियान अन्तरगत शुक्रबार गजुरी गाउँपालिकाको वेल्खु देखि मलेखु सम्म पालिकाका कर्मचारी, नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी स्थानिय सामाजिक अभियान्ता लगायतको हभागितामा लार्भा नष्ट अभियान शुरु भएको थियो ।

धादिङ जिल्लामा डेँगु संक्रमितको संख्या २ सय ७७ जना पुगेको स्वास्थ्य कार्यालय धादिङ जनाएको छ । साउन यता धादिङ अस्पतलामा ७९ पुरुष र ६४ महिला गरी १४३ जनामा डेंगु संक्रमित भएका छन् । जिल्ला अस्पताल मै उपचारको क्रममा ज्वालामुखी घर भएका एक पुरुषको यहि अवधिमा मृत्यु भएको छ ।

यस्तै धुनीबेसीमा ३ पुरुष, गजुरीमा १९ पुरुष र १४ महिला, बेनीघाट रोराङमा १ पुरुष र २ महिला, जवालमुखीमा ३ पुरुष, त्रिपुरासुन्दरीमा १५ पुरुष र ६ महिला, नेत्रावती डवजोङमा २ महिला र ठेगाना नखुलेका ३५ पुरुष र ३४ महिला धादिङमा यहि साउन यता डेंगु संक्रमित बनेका छन् ।