डब्लुडब्लुजे धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
भदौ ३१, २०७९

धादिङ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) धादिङको चौथो जिल्ला अधिबेशनले कान्तिपुर संवाददाता सरिता श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनले समितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सहसचिवमा सुशीला बिश्वकर्मा, कोषाध्यक्षमा शितल सापकोटा र सदस्यहरुमा दिपा लम्साल र सबिना तामाङलाई चयन गरेको छ ।

क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष निरमाया गुरुङ(डोल्मा) को अध्यक्षता भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला धादिङका सस्थापक अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियनका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा पत्रकार रास्ट्रिय दबु धादिङका अध्यक्ष सतोषराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।