धादिङ । धादिङको थाक्रे गाउँपालिका खेलकुद समिति वडा नम्बर ४ ले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता अन्तर वडा स्तरीय हुने बताईएको छ ।
प्रतियोगितामा प्रथम ६६ हजार ६६६, द्वितिय पुरस्कार ३३ हजार ३३३, तृतिय पुरस्कार १५ हजार ५५५ र सान्तोना पुरस्कार ७ हजार ७७७ रुपयाँ रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता असोज १० देखि थाक्रे ४ मा रहेको लिति महांकाल खेल मैदानमा हुने थाक्रेबाट उपेन्द्र डी लामाले धादिङपोष्टलाई बताए ।